तल्ला कमिटी एकीकृत गर्दै नेकपा | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

तल्ला कमिटी एकीकृत गर्दै नेकपा

nekapa

काठमाडौं, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताअघिका दुई पार्टीका तल्लो तह र जनसंगठनहरूको एकीकरण प्रक्रिया अघि बढाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रका भ्रातृ संगठनहरू र जिल्ला, प्रदेशलगायत कमिटी एकीकृत गर्न केन्द्रले दुवै पक्षका शीर्ष नेता र इन्चार्जहरूलाई जिम्मेवारी दिएको छ ।

तीन महिनाभित्र सबै तहको एकीकरण सकिसक्ने पार्टीको निर्णय छ । त्यहीअनुसार तल्लो तहको एकीकरणसम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरिएको छ । केन्द्रमा पार्टी सञ्चालनका लागि आवश्यक नियमावली बनाइरहेको जानकारी स्थायी समिति सदस्य बेदुराम भुसालले दिए ।

तल्लो तहका संगठन र जनवर्गीय संगठन एकताका लागि पार्टीले बनाएको सैद्धान्तिक खाकाका आधारमा कार्यदलले काम थालेका छन् । जिल्ला र प्रदेश संगठन कमिटी बनाउन ७ वटै प्रदेशमा यसअघि दुवै दलका संयोजक सम्मिलित कार्यदल बनाइएको छ । जिल्ला र प्रदेश संगठनमा अध्यक्ष, सचिव र सदस्यहरू गरी तीन थरी पदमा रहनेछन् ।

त्यसका लागि यसअघि दुवै दलका जिल्ला कमिटीमा रहेका नेता एवं थप समेट्नुपर्नेलाई राखिनेछ । कमिटीमा राखिने व्यक्ति छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने कार्यादेश नेकपाले दिएको छ । ‘सकेसम्म पार्टीभित्रको योगदान र क्षमता हेरेर कमिटी बनाउन भनिएको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘विगतमा को, कुन पार्टीमा थियो भन्ने हिसाबले क्षमतावान् व्यक्ति नसमेटिने स्थिति नहोस् भन्नेमा हामी सचेत छौं र त्यहीअनुसार कार्यदलहरूले छनोट गर्नेछन् ।’

कुन–कुन संगठन एकीकृत हुँदै छन् ?
-नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ
-दुवैतर्फका किसान संघ
-दुवैतर्फका महिला संघ
-युवा संघ र वाईसीएल
-अनेरास्ववियु र अखिल (क्रान्तिकारी)
-दुवैतर्फका जनसांस्कृतिक महासंघ
-नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र राष्ट्रिय मुक्तिमोर्चा संगठनहरूको महासंघ
-दुवैतर्फका मधेसी संगठन र मोर्चा
-मुस्लिम इत्तेहाद संगठन र मुस्लिम मुक्ति मोर्चा
-नेपाल उत्पीडित जातीय मुक्ति समाज र दलित मुक्ति मोर्चा
-नेपाल बुद्धिजीवी परिषद् र अखिल नेपाल बुद्धिजीवी संगठन
-पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघ
-नेपाल रािष्ट्रय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, भूतपूर्व सैनिक संगठन र पूर्वजनमुक्ति सेना संघ
-प्रेस चौतारी र प्रेस सेन्टर
-मानव अधिकार एलायन्स, अखिल नेपाल मानव अधिकार संगठन र काहुरास्ट नेपाल
-लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन, अखिल नेपाल क्रान्तिकारी अपांग संघ र जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ
-प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन
-नेपाल भूमिहीन सुकुम्बासी संगठन र अखिल नेपाल सुकुम्बासी संगठन
-नेपाल उद्योग व्यवसायी महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघ
-पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन र राष्ट्रिय इन्जिनियरिङ संगठन
-प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्च

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);