यो सरकार बिहान उठेर मन्दिर जाने पुजारी जस्तो होइन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

यो सरकार बिहान उठेर मन्दिर जाने पुजारी जस्तो होइन : प्रम ओली

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपीशर्मा ओलीले वर्तमान सरकार बिहान उठेर मन्दिर जाने अनि पुजापाठ गर्ने पुजारी जस्तो नभएको बताएका छन् । मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा आज सिंहदरबारमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकार प्रति धेरै रहेको बताए । प्रधानमन्त्री ओलीले जन अपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नु पर्ने बताए।

‘यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजापाठ गर्ने । अनि भोली फेरी उहि रित दोहो-याउने’ प्रधानमन्त्री ओलीले भने ‘देशलाई हामीले नयाँ ढंगले अघि बढाउनु पर्छ । विगतको निरन्तरता मात्र दिने होइन ।’

प्रधानमन्त्री ओलीले विकाश प्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने बताए । ‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै भने ‘असार २५ गते ति योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गते देखि कार्यान्वयन सुरु गर्नु पर्दछ ।’

खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्म निर्भर हुने बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । जनताको अपेक्षा सरकारले सबै थोक गरिदेओस भन्ने हुन्छ तर सरकारसंग त्यो सामथ्र्य नहुने भएकोले जनतालाई आफैं सक्षम बन्न सिकाउनु पर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका बिषयमा असन्तुष्टी व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकार शुसासनमा दृढ रहेकोले सबै मन्त्री तथा सचिवहरुलाई यसको प्रत्याभुती दिन प्रधामन्त्री ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘सरकार भ्रष्टाचार प्रति शुन्य सहनशिल छ । त्यसकारण साथीभाइ, कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नुहोस ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);