नेकपाको एकता प्रयासः विप्लव र बिजुक्छेसँग पनि होला त एकता ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेकपाको एकता प्रयासः विप्लव र बिजुक्छेसँग पनि होला त एकता ?

upendra yadhav

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्य दलसँग पनि एकताको प्रयास थालेको छ । नेकपाले उपेन्द्र यादव नेतृत्वको संघय समाजवादी फोरम (संसद ) र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकताका लागि छलफल चलाएको छ ।

त्यसका लागि नेकपाका नेताहरुले ती पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । एउटै कम्युनिस्ट केन्द्र बनाउने घोषणा गरेको नेकपाले कम्युनिस्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो ।

स्थायी समतिति सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी बाहेकका अन्य कम्युनिस्ट पार्टीसँग ढिलो चाँडो एकता हुने दाबी गरे । यी दुई दलले भने नेकपासँग एकीकरण गर्ने सम्भावना कम रहेको उनले सुनाए । आजको कारोबारको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);