काठमाडाैंका दुई वटा पेट्रोलपम्पमा सिलबन्दी | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

काठमाडाैंका दुई वटा पेट्रोलपम्पमा सिलबन्दी

काठमाडौं, १४ जेठ । सरकारले काठमाडाैँका दुई वटा पेट्रोलपम्पमा सिलबन्दी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार बजार अनुगमनमा निस्केको टोलीले उपभोक्तालाई ठगि गरेको पुष्टि भएपछि ललितपुरको एकान्तकुनास्थित प्रसान्ति आयल स्टोर्स र सातदोबाटोस्थित श्री महालक्ष्मी विश्वकर्मा टे«डर्समा सिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा प्रसान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र श्री महालक्ष्मी विश्वकर्मा टे«डर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण विक्रि गरेको फेला परेपछि दुवै पम्पलाई सिलबन्दी गरिएको मन्त्रालयका उपसचिव सन्तोष विष्टले जानकारी दिए ।

नाप तौल सम्बन्धी विद्यमान ऐन अनुसार पम्पले प्रति १० लिटरमा २५ एम एल सम्म कमि गरि बिक्रि गरेमा कुनै कारवाही नहुने व्यवस्था गरेको छ । अनुगमनका क्रममा २५ एमएल भन्दा बढी परिमाणमा कमि देखिएपछि टोलिले पम्पमा सिलबन्दी गरेको हो ।

कम परिमाण बेचेर उपभोक्तालाई ठगि गर्ने पम्पलाई अत्यन्तै न्युन कारवाहीको व्यवस्था गरिएको छ । उपसचिव विष्टले उपभोक्ता ठग्ने पम्प संञ्चालकलाई ऐन नियमले दिएसम्म कडा कारवाही गर्ने बताए ।

मातहतका निकायको अनुगमन प्रभावकारी नभएको गुनासो आएपछि उद्योगमन्त्री मात्रिका यादवको निर्देशनमा मन्त्रालयका अधिकारीको संयोजनमा नापतौल तथा गुणस्तर विभाग र आयल निगमका प्राविधिक सहितको अनुगमन टोलीले सोमबार ५ वटा पम्पको अनुगमन गरेको हो ।

अनुगमन टोलीले एकान्तकुनाको गायत्री आयल सेन्टरलाई नोजल सुई ठिक नहुन्जेल तेल नबेच्न निर्देशन दिएको छ । त्यसैगरी शिव शक्ति आयल सेन्टर ताल्छिखेलमा दुईवटा मध्ये एउटा मेसिन बिग्रिएको फेला परेपछि तत्काल सो मिसिन मर्मत गर्न तथा बिग्रिएको मेसिनबाट तेल नबेच्न निर्देशन दिएको छ ।

त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्पको प्राविधिक पक्ष सुरक्षाको दृष्टिले अत्यन्तै जोखिम पुर्ण देखिएकाले तत्काल सोको सुधार र आवश्यक पुर्वाधार निर्माण गर्न भनिएको छ । मन्त्रालयले अनुगमनलाई भोली पनि निरन्तरता दिने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);