रेटिङ बुद्धिचाल प्रतियोगिता जेठ १२ देखि | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

रेटिङ बुद्धिचाल प्रतियोगिता जेठ १२ देखि

chess

झापा, ११ जेठ । झापाको काँकरभिट्टामा केसिसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लवको आयोजना तथा मेची युमा चेस एकेडेमीको सहयोगमा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा झापा र मेचीनगरका १ सय २० र झापा बाहिरबाट ८० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नाइट चेस क्लवका अध्यक्ष कृष्णकान्त खनियाँले जानकारी दिए ।  जेठ १२ देखि १७ गतेसम्म चल्ले प्रतियोगितमा प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार तथा तेस्रोले २० हजार पुरस्कार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);