क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुनर्निर्माणको प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुनर्निर्माणको प्रक्रिया सुरु

dharahara

काठमाडौं, १ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

प्राधिकरणले निर्माण कम्पनी छनोटका लागि बोलपत्र आव्हान गरेर धरहरा पुनर्निर्माणको प्रक्रिया अगाडि बढाएको हो । प्राधिकरणले बोलपत्र पेश गर्न स्वदेशी तथा विदेशी निर्माण कम्पनीलाई ३१ दिनको समय दिएको छ । तीन वर्ष पहिले गएको भूकम्पका कारण धरहरा क्षतिग्रस्त भएको थियो । तीन वर्षको बीचमा पुनर्निर्माण अगाडि नबढाइएको असन्तुष्टिस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १२ गते आवश्यक परे डोको र कोदालो आफैं बोक्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएपछि प्राधिकरणले आफैं पुनर्निर्माण गर्न टेण्डर आव्हान गरेको हो । प्राधिकरणले असारको तेस्रो साता धरहराको शिलान्यास गर्ने तयारी गरेको छ । धरहराको पुनर्निर्माणमा चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);