मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार ढल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार ढल्यो

dwar dhalyo

जनकपुर, २६ बैशाख । बुधबार बिहान आएको हावाहुरीका कारण जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढलेका छन् ।

जनकपुरका विभिन्न ठाउँमा बनाइएका स्वागतद्वारमा हावाहुरीले ढालेको हो । स्वागतद्वार सडक जाम हुनेगरी ढलेका छन् । यसैगरी मोेदीको स्वागतका लागि बनाइएको स्टेजमा पनि हावाहुरीका कारण क्षति पुगेको छ ।

रंगभूमि मैदान बाह्रबिग्हामा पानी जमेको छ । जानकी मन्दिर, अस्पतालरोड, बाह्रबिग्हाको मूल ढोका र रामानन्दचोकमा ढलेका स्वागतद्वार तथा प्रवेशद्वार उठाउने र मर्मत गर्ने काम भइरहेको छ ।