सरकारी अस्पतालको सफाइ अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

सरकारी अस्पतालको सफाइ अभियान सुरु

bir hospital

काठमाडौं, २३ बैशाख । सरकारले सरकारी अस्पतालको सफाइ अभियान सुरु गरेको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको अगुवाइमा आइतबारबाट काठमाडौं स्थित मुलुककै पुरानो वीर अस्पतालको सफाइ सुरु गरिएको हो ।

राज्यमन्त्री अर्यालले आफैंले वीर अस्पतालको ट्वाइलेट सफा गरेर अभियानको सुरुवात गरेका हुन् । उनले सरकारी अस्पतालमा फोहोर र दुर्गगन्ध धेरै हुने भनी हुँदै आएका टिप्पणीलाई गलत सावित गर्नुपर्ने बताए । मन्त्री अर्यालले यो अभियान सबै सरकारी अस्पतालमा चलाउने बताए । वीर अस्पताल सरसफाईको जिम्मा अष्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ ।

यसले १५ दिनसम्म वीरअस्पतालको सरसफाई गर्नुको साथै सरसफाईको आधुनिक तरिका बारे कर्मचारीलाई तालिम दिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);