लुम्बिनीमा एसियाकै अत्याधुनिक सभागृह बनाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

लुम्बिनीमा एसियाकै अत्याधुनिक सभागृह बनाउन सुरु

sabha griha

रुपन्देही, १७ बैशाख । रुपन्देहीको लुम्बिनीमा एसियाकै अत्याधुनिक सभागृह बनाउन सुरु गरिएको छ । २५६२ औँ बुद्ध जयन्तीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले एसियाकै अत्याधुनिक सभागृहको शिलान्यास गरेसँगै काम सुरु भएको हो ।

झण्डै ५ हजार अट्ने सभाहलको निर्माण दुई बर्षभित्र सक्ने लुम्बिनी विकास कोषले दाबी गरेको छ । सभाहलको अभावले बुद्ध जयन्ती लगायतका कार्यक्रम प्रभावित भएपछि सभाहल बनाउन लागिएको हो । अब बन्ने सभाहलमा बौद्ध जयन्ती तथा धार्मिक कार्यक्रम आयोजना गर्न सकिने छ ।  ३२ करोडको लागतमा अर्घाखाँची बाबुल जेभीले सभाहल बनाउने ठेक्का पाएको छ ।