सुर्खेत, १३ बैशाख । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले १ अर्ब १ करोड ५ लाखको बजेट संसदमा प्रस्तुत गरेका छन् ।
चालुतर्फ ४३ करोड ८४ लाख ३ हजार र पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार बजेट प्रस्तुत गरिएको छ । प्रदेश सरकारले बजेटमा कृषि, सिंचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योगलाई प्राथमिकता दिएको छ ।