हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारणमा जोड : डा. युवराज खतिवडा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारणमा जोड : डा. युवराज खतिवडा

yubraj khatibada

काठमाडौं, १३ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट सरकारले गरिबी निवारणमा जोड दिने बताएका छन् । अर्थमन्त्री डा. खतिवडाले कृषि उत्पादन बढाउन र जलवायू परिवर्तनको असरलाई न्यूनीकरण गर्न पनि नेपाललाई हरियाली बनाउने अभियानलाई सरकारले उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे ।

बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाललाई हरियाली बनाऊ’ अनुगमन सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा रहेका सबै स्रोत, साधनलाई हरित राष्ट्र निर्माणको लागि परिचालन गर्न पनि सरोकारवाला निकायसँग आग्रह गरे । अर्थमन्त्री डा. खतिवडाले मुलुकमा रोजगारीको अवसर सृजना गर्न पनि हरियाली अभियानले महत्वपूर्ण योगदान दिने बताए ।

कार्यक्रममा विज्ञहरुले नेपाललाई समृद्ध बनाउन हरियाली बनाउ अभियानले महत्वपूर्ण योगदान दिने उल्लेख गरेका थिए । बिहिबारसम्म चल्ने सम्मेलनमा करिव १२ सय जना सहभागी छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);