भूकम्पको पाठ न जनताले सिके, न सरकारले | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

भूकम्पको पाठ न जनताले सिके, न सरकारले

vukampa

काठमाडौं, १२ बैशाख । भूकम्पले ढल्किएका घरबाट त्रसित तीन हजार पाँच सय ३८ जनाले आफ्नै घर भत्काइदिन भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए ।

तर, ती निवेदन कहाँ छन् काठमाडौंका सहायक प्रजिअ ललित बस्नेतले प्रश्न गरे, ‘त्यस्ता उजुरी यहाँ पेस भएका छन् ’। काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक उपकरण खरिद गर्ने भन्दै गृह मन्त्रालयमा प्रस्ताव पठाएको बताएका थिए ।

तर, गृहको विपत् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार न्यौपानेले भने, ‘घर भत्काउने उपकरण चाहियो भनेर यहाँ प्रस्ताव पेस भएजस्तो लाग्दैन । भूकम्पसम्बन्धी सम्पूर्ण काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हेर्ने हो । त्यहाँ केही प्रस्ताव पेस भएको हुन सक्छ ’

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले भने, ‘जोखिमयुक्त घर भत्काउन आधुनिक उपकरण हामीले माग गरेका हौँ । पछि त्यस्तै माग महानगरपालिकाले पनि गरेछ ।’तर, अर्थ मन्त्रालयले कसैलाई पनि बजेट दिएन । योजना त्यत्तिकै थन्कियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

ताजा समाचार