हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध

bidhut prasaran line

प्रकाश नेपाल,
पाल्पा, १० बैशाख । पाल्पामा सामान्य हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध हुने गरेको छ । विद्युतको संरचना पुरानो भएकाले सामान्य हावाहुरीमा पनि विद्युत सेवा अवरुद्ध हुने गरेको हो ।

पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता, उद्योग कलकारखाना र अस्पताल मारमा परेका छन् । विद्युत सेवा नहँदा पाल्पामा बसाइँसराइ गर्नेको संख्या समेत बढेको छ । सामान्य हावाहुरी चल्ने बित्तिकै पाल्पामा विद्युत सेवा अवरुद्ध हुने गरेको छ । बुटवलदेखि तानसेन जोडिएको विद्युत लाइन जङ्गलको बाटो ल्याइएकाले सामान्य हावाहुरीमा पनि विद्युत सेवा अवरुद्ध हुने गरेको हो ।

पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता, उद्योग कलकारखाना र अस्पताल मारमा परेका छन् । विद्युतको स्तरोन्नति र रुट परिर्वतन गर्ने विषय छलफलमा सिमित भएको छ । विद्युत प्राधिकरणले भने विद्युतको संरचना धेरै पुरानो भएकोले विद्युत सेवा अवरुद्ध भएको प्रतिक्रिया दिएको छ । १८ हजार भन्दा धेरै काठका पोल जडान भएकाले विद्युत सेवा अवरुद्ध हुने गरेको प्रधिकरणको भनाइ छ ।

विद्युत सेवा अवरुद्ध हुँदा बसाइँसराइ गर्नेको संख्या समेत बढेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जनाएको प्रतिबद्धता अनुसार विद्युतको समस्या समाधान गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);