एकता वार्ता : यस्तो छ सहमतिको तयारी | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

एकता वार्ता : यस्तो छ सहमतिको तयारी

oli dahal

काठमाडौं, १० बैशाख । १० तहको पार्टी संरचना
दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगररनगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी

५० प्रतिशत हाराहारी
केन्द्रीय कमिटीमा ५०–५० राख्ने विषयमा अडिग माओवादी र त्यति दिनै नसक्ने एमाले दुवै लचिलो भएका छन् । ठ्याक्कै ५० नमिले पनि त्यही हाराहारीमा सहमति हुने सम्भावना छ ।

वरिष्ठ नेताको वरीयता
एमाले नेता झलनाथ खनाल, माधव नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठको वरीयताबारे विधानको मस्यौदामा केही उल्लेख छैन । एकीकृत पार्टीको केन्द्रीय कमिटीले नै उनीहरूको वरीयताबारे निर्णय गर्ने सहमति नेताहरूबीच भएको छ ।

एकीकृत पार्टीको कार्यदिशा
जनताको बहुदलीय जनवाद र २१औँ शताब्दी जनवादको सट्टा समाजवादउन्मुख नीति अंगीकार गरेर जाने विषयमा दुई दल लगभग सहमत भइसकेका छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

ताजा समाचार