काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता विश्वकर्माले संवैधानिक व्यवस्था अनुसार ६ महिनाभित्र कानुन निर्माणको काम सम्पन्न गर्नुपर्ने भन्दै यसका लागि पनि सत्ता पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । उनले प्रतिनिधिसभामा सात वटा समिति बनाउन उपयुक्त हुने सुझाव समेत दिए ।
कांग्रेस नेता विश्वकर्माले राज्यलाई व्ययभार हुनेगरी समितिहरुको संख्या बढाउने कुरा जायज नहुने बताए । कांग्रेस न्यायपालिकालाई संघीय संसदको मातहत ल्याउने कुराको पनि विपक्षमा रहेको स्पष्ट पारे ।