'चैतमा गोरु बेचेर पाखी किन्नु' | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

‘चैतमा गोरु बेचेर पाखी किन्नु’

rain

काठमाडौं, २२ चैत । चैतमा गोरु बेचेर पाखी किन्ने बुढापाकाको किस्सालाई स्मरण गराउने गरी राजधानीलगायत मुलुकका विभिन्न भागमा जाडो बढेको छ ।

मंगरबार र बुधबारको बर्षाले जाडो बढाएको हो । समाचारमा लेखिएको छ, चैतमा जाडो बढेपछि अग्रजहरुले सायद पाखी किन्ने यो किस्सा जुराएका थिए । हिमाली जिल्लामा तान लगाएर भेडा, च्याङग्राको उनबाट बुनिने पाखी निकै न्यानो हुन्छ । यो बर्ष मनसुन सुरु नहुँदै काठमाडौंमा बुधबार ११ दशमलव ४ मिलिलिटर बर्षा भएको छ ।

प्री मनसुनी प्रणाली सक्रिय हुँदा मगलबारदेखि सुरु भएको मनसुनी बर्षा तीन दिनसम्म रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा विमानस्थल कार्यालयका मौसमविद वरुण पौडेलले बताए । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छ ।