काठमाडौं, २० चैत । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले अर्कालाई दोष लगाएर जिम्मेवारीबाट नपन्छन सरकारलाई सचेत गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रिजालले सरकारले हालै सार्वजनिक गरेको स्वेत पत्रमा अघिल्लो सरकारको निर्णयलाई अवमूल्यन गरेको आरोप लगाए ।
सरकारी ढुकुटी रित्तो अस्थामा छ भने सरकारले गलत हल्ला फैलाएको उनको भनाइ छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि अघिल्लो सरकारले गरेको निर्णयलाई स्वेतपत्रमा फजुल खर्च भनी व्याख्या गरेको भन्दै उनले आपत्ती जनाए ।
भूकम्प पीडीतको व्यवस्थापनका लागि गरिएको थप राहतको व्यवस्थालाई गैह्रजिम्मेवार भनी व्याख्या गर्नु जायज नभएको उनको भनाइ छ । उनले उत्पादन वृद्धि हुन नसक्नुको कारण नखोजी आयात मात्र बढेको विषयलाई प्राथमिकता देखाई अर्थतन्त्रको अवस्था उजागर नहुने भन्दै उनले स्वेतपत्रमा उल्लेखित विषय आफैंमा विवादास्पत देखिएको दाबी गरे ।