धनगढी, १७ चैत । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशको आर्थिक समृद्धि नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शनिबार धनगढी विमानस्थलमा संचारकर्मीसँग उपाध्यक्ष रावलले विकासले गति लिनेमा ढुक्क हुन आग्रह गरे ।
एमाले र माओवादीबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बताउदै उपाध्यक्ष रावलले राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन बाँकी रहेको बताए ।
छिट्टै केपन्द्रय संयोजन समितिको बैठक बसेर प्रतिवेदनहरु पारित गर्ने उनको भनाई छ ।