टर्कीले दियो यस्तो चेतावनी, निर्यात व्यापारमा झट्का लाग्ने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

टर्कीले दियो यस्तो चेतावनी, निर्यात व्यापारमा झट्का लाग्ने सम्भावना

turkey country

काठमाडौं, १६ चैत । सरकारले नेपाली धागोमा दिँदै आएको भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको छ ।

एक्रोलिक यार्न पोलिस्टर र फाइबर कच्चा धागो नेपाली उद्योगहरुको क्षमताको तुलनामा अस्वभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्सार सुविधा रोक्ने चेतावनी दिएको हो ।

स्रोतका अनुसार नयाँदिल्लीस्थित टर्की राजदूतावासले नेपाली धागोलाई दिँदै आएको भन्सार सुविधा कुनै पनि बेला हटाउन सक्ने चेतावनी अनौपचारिक रुपमा नेपाली पक्षलाई दिइसकेको छ । टर्कीले त्यो सुविधा हटाएको खण्डमा सिथिल बन्दै गएको निर्यात व्यापारलाई अर्को झट्का लाग्नेछ ।

टर्की नेपाली धागोको सबभन्दा ठूलो बजारमध्ये पर्छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);