विकासको समाजवादी मोडल निर्माण गर्ने प्रचण्डको घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

विकासको समाजवादी मोडल निर्माण गर्ने प्रचण्डको घोषणा

काठमाडौं, ९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘विकासको समाजवादी मोडल’ निर्माण गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष दाहालले संवैधानिक व्यवस्था अनुसार विकासको समाजवादी मोडल निर्माण गर्न आफूहरु केन्द्रित भएको बताए । उनले सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण गर्दै विकासको समाजवादी मोडल निर्माण गर्ने योजना अघि सारे ।

मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर मात्रै विकासको समाजवादी मोडल निर्माण गर्न सकिने अध्यक्ष दाहालको भनाई छ । शुक्रबार संघीय समाजवादी फोरम, नेपालका सचिव अजम्बर काङमाङ राई र नयाँ शक्ति पार्टी, नेपालका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै उनले संविधान संशोधनकै माध्यमबाट नागरिकका अधिकारलाई सुनिश्चित गर्ने आधार तय भईसकेको बताए ।

अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पुर्याउनु अघि २ पार्टीले आ–आफ्नो संगठनलाई अन्तिम रुप दिने जानकारी गराए । उनले २ पार्टीबीचको एकताका लागि गठित कार्य दलले आईतबारसम्म आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश गर्ने बताए ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि पनि दुवै दलले आफ्नो संगठनलाई अन्तिम रुप दिनुपर्ने अवस्था आएको उल्लेख गरे । अध्यक्ष दाहालले एमालेसँगको पार्टी एकता मुलुकको आवश्यक्ताले तय गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);