प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापतिमा पोखरेल | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापतिमा पोखरेल

काठमाडौं, ८ चैत । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको सभापतिमा नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल चयन भएका छन् ।

समितिको बिहीबार बसेको बैठकले एमालेका सांसद पोखरेललाई प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सभापतिमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित सभापति पोखरेलले प्रतिनिधिसभा नियमावली मस्यौदालाई १० दिन भित्रै तयार गर्ने पतिवद्धता व्यक्त गरेका छन् ।

उनले प्रतिनिधिसभा र सरकारलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक व्यवस्था गर्ने योजना पनि अघि सारे । समितिले भोलीबाट कार्यविधि बनाएर नियमावली मस्यौदा निर्माणको कामलाई अघि बढाउने तयारी गरेको छ ।

समितिले प्रतिनिधिसभा अन्तरगत रहने समितिहरुको नाम र संख्या तोक्ने लगायत बैठक संचालनको कार्यविधि तय गर्नेछ । मस्यौदा समितिमा १३ जना सदस्य रहेका छन् । अधिवक्ता पोखरेल यस अघि दोस्रो संविधान सभामा पनि मस्यौदा निर्माण समितिमा रहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);