काठमाडौं, ६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारी सृजनाका लागि आवश्यक नीति बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री विष्टले रोजगारी सृजनाको आधार तय गर्न सरकारले गम्भीरताका साथ अध्ययनको कामलाई अघि बढाएको स्पष्ट पारे । मंगलबार आफ्ना भावी योजनाबारे संचारकर्मीहरुसँग अन्तरक्रिया गर्दै उनले बेरोजगारी समस्यालाई न्यूनिकरण गर्दै लैजाने योजना अघि सारे ।
मन्त्री विष्टले मुलुकमा विद्यमान स्रोत र साधनको उचित परिचालन गरी रोजगारी सृजनाको आधारको खोजी गर्ने बताए । उनले श्रममैत्री कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिने विश्वास व्यक्त गरे ।
मन्त्री विष्टले वैदेशिक रोजगारलाई सरल, पारदर्शी र विश्वसनीय बनाउने गरी विद्यमान ऐनलाई सामयिक बनाउने घोषणा पनि गरे ।




