संसदबाट गायब खेलाडी : संसद्ले जसलाई ‘मिस’ गर्दै छ | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

संसदबाट गायब खेलाडी : संसद्ले जसलाई ‘मिस’ गर्दै छ

काठमाडौं, २७ फागुन । अहिलेको संसद्मा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संसद्मा ‘मिस’ गरिएको छ ।

बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै सहभागी भएनन् । केसी सामान्य जीवनशैली र सत्तापक्षमाथिको खरो प्रस्तुतिका कारण अघिल्ला संसद्मा चर्चामा रहन्थे । यसअघिको केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।
जसको दल सकियो तर पद जोगियो

एक–दुई सिट हुँदा पनि अघिल्ला संसद्मा केही चल्तीका सांसदको तत्कालीन पार्टी अस्तित्वविहीन बने पनि आफ्नो पद जोगाएका छन् । ठूला पार्टीमा प्रवेश गरेर उनीहरू अहिले पनि सांसद बनेका छन् । अखण्ड नेपाल पार्टी गठन गरेर दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कुमार खड्का प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्रीसमेत बने । यसपटकको निर्वाचनमा थ्रेसहोल्ड लागू भएपछि निर्वाचनअघि नै उनी कांग्रेस छिरे र आमन्त्रित केन्द्रीय सदस्य बने । अहिले प्रदेश ४ को सांसद पनि छन् । संसदीय दलको नेतामा दाबेदारी गरिरहेका छन् ।

सद्भावना आनन्दीदेवीका तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सांसद सरिता गिरी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री बनिन्, तर बर्खास्तीमा परिन् । आनन्दी देवीपछि श्यामसुन्दर गुप्तासँगै पार्टीमा सक्रिय रहिन् । गुप्तासँग पनि विवाद भएपछि उनले नेपाल सद्भावना पार्टी गठन गरिन् । दोस्रो संविधानसभामा चुनाव पनि लडिन्, तर जितिनन् । ०७१ फागुनमा अनिल झाको संघीय सद्भावना पार्टीसँग एकता गरेर सह–अध्यक्ष भइन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);