भरतपुर, २० फागुन । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रेडियसन अन्कोलोजी उपकरण नहुँदा बिरामीहरु मारमा परेका छन् ।
भएका उपकरणहरु बिग्रेपछि विभिन्न जिल्लाबाट उपचारका लागि आएका बिरामीहरु त्यतिकै फर्किन बाध्य छन् ।
महिनौ पालो कुरेर पनि उपचार हुन नसकेको बिरमीहरुको गुनासो छ । समयमै उपचार नभएपछि क्यानसर रोगका बिरामीहरु मारमा परेका छन् । उपकरण बिग्रेर बिरामीलाई सास्ती हुँदा पनि अस्पतालले नयाँ उपकरण ल्याएको छैन । त्यस्तै पाठेघर क्यान्सर लगायतमा विकिरण माध्यमबाट उपचार गर्ने ब्राइकी थेरापी मेसिन पनि बिग्रिएको छ ।




