सिचुआन–युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीको पुल निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८३, शनिबार

सिचुआन–युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीको पुल निर्माण सम्पन्न

काठमाडौँ ।

चीनको सिचुआन–युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीमाथि निर्माण गरिएको प्रमुख पुलको काम शुक्रवार सम्पन्न भएको छ । यिबिन–पान्झिहुआ एक्सप्रेसवेको महत्वपूर्ण संरचनाका रूपमा रहेको उक्त पुल १ हजार १४० मिटर लामो छ । पुलको मुख्य स्पान (दुई टावरबीचको भाग) १ हजार ६० मिटर रहेको छ । पुलले चीनको सिचुआन प्रान्तस्थित निङनान र युनान प्रान्तस्थित छ्याओजियालाई जोडेको छ । पुल निर्माण सम्पन्न भएसँगै यिबिन–पान्झिहुआ एक्सप्रेसवेलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने बाटो खुलेको छ । यसले दुई प्रान्तबीचको यातायात सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

ताजा समाचार