प्रदेश ७ मा कामकाज प्रभावकारी बनाउन तीन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

प्रदेश ७ मा कामकाज प्रभावकारी बनाउन तीन समिति गठन

कैलाली, १६ फागुन । सात नम्बर प्रदेश सरकारले कामकाज प्रभावकारी बनाउन तीन वटा समिति गठन गरेको छ । बुधबार बसेको प्रदेश ७ को मन्त्रीपरिषद बैठकले तीन समिति गठन गरेको हाे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहको संयोजकत्वमा आर्थिक सामाजिक तथा पुर्वाधार समिति, सामाजिक विकास मन्त्री दीर्घ सोडारीको संयोजकत्वमा राजनितिक समिति, भौतिक विकास मन्त्री पठानसिंह बोहराको संयोजकत्वमा प्रशासक तथा विधेयक समिति गठन गरेको छ ।

समितहरुले मन्त्रीहरुको आचार संहिता, प्रदेश सरकार कार्यविभाजन नियमावली बनाउने छ । मन्त्री शाहका अनुसार समितिहरुले प्रदेश नम्बर ७ मा सवारी साधन, बजार स्वास्थ्य क्षेत्र लगायतको पनि अनुगमन गर्ने छ ।