आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८३, बिहीबार

आजको मौसम

काठमाडौं ।

आज दिउँसो कोशी, मधेस, वागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र वागमती प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा बाँकी हिमली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ । मधेश प्रदेश लगायत कोशी र वागमती प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । रातिः कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा अधिकांश बादल लाग्ने छ तथा बाँकी भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, वागमती र गण्डकी प्रदेशका  हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा÷हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

ताजा समाचार