काठमाडाैंबासी जार र ट्याङकरको पानीकाे भरमा | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

काठमाडाैंबासी जार र ट्याङकरको पानीकाे भरमा

jar water

तेजना पण्डित

काठमाडौं, १५ फागुन । काठमाडाैँ उपत्याकामा खानेपानीको हाहाकार भएको बर्षौ बित्यो । उपत्याकामा बस्ती बढेसँगै मुहान सुकेपछि पानीको हाहाकार भएको हो । एकपछि अर्को समस्या झेल्दै आएका महानगरबासी रातभर जाग्रम बसेर धारा र ट्याङकरको पानी थाप्न बाध्य छन् ।

शहरीकरणसँगै काठमाडौ उपत्याकामा रहेका पानीको मुहान सुकेपछि पानीको हाहाकार भएको हो । सरकारले मेलम्चीको पानी आउने आश्वसन दिएको पनि बर्षौ बित्यो तर कहिले आउने टुङ्गो छैन ।

पटक पटक सरकारले मेलम्चीको पानी आउने समयसीमा तोकेपनि काम अझै सकिएको छैन । जनघनत्व बढ्दै गएपछि उपत्यकामा पानीको माग पनि बढिरहेको छ । धारामा हप्तामा एक दुई दिन आउने र ढुङ्गेधारमा पनि घण्टौ लाईन बसेर पानी थाप्न उपभोक्ता बाध्य छन् ।

जलस्रोतको धनी देश भएर पनि काठमाडाैँका उपभोक्ता पानी किनेर पिउन बाध्य छन् । हप्तौसम्म धारामा पानी नआउने भएपछि जार र ट्याङकरको पानीमा उपभोक्ता भर पर्नु परेको छ ।

खानेपानी समस्या समाधानको लागि सरकारले काम नगरेको पनि हैन । तर काम दु्रत गतिमा नहुँदा मेलम्चीको पानी आउन ढिलाई भइरहेको छ । यदी मेलम्चीको पानी छिटो ल्याउने हो भने उपत्याकाबासीलाई राहत मिल्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);