नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्छ : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्छ : प्रम ओली

काठमाडौं, १५ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रसियाबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधि मण्डलसँग आज कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेद्वारी दिएकोले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओली समक्ष भिसोकिन्सीले आग्रह गरेका छन् । उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक, साँस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने बताए ।

‘तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु । मन्त्रिपरिषदमा छलफल गरेर निणर्य गर्नेछु’ प्रधानमन्त्री ओलीले भने । रसियाले नेपालको विकासका लागि गरेको सहयोगको प्रधानमन्त्री ओलीले प्रशंशा गरेका छन् ।

भेटमा रसियाका राजदुत आन्द्रेइ वुदनिकले रसियाका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई बधाइ तथा शुभकामना पठाएको जानकारी गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);