नेकपा सांसदको प्रश्नः सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ? | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

नेकपा सांसदको प्रश्नः सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?

काठमाडौँ । 

नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पु¥याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताउनुभएको हो । सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दल नेकपा (एमाले) संवद्ध युवा संगठनका सदस्यहरू शुरुदेखि नै उद्धार र राहत वितरणमा सक्रिय रहेको स्मरण गराउनु भयो । उहाँले युवाहरूले फेला पारेको सुनसहितको धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमान्दारिताको नमूना प्रश्तुत गरेको समेत उल्लेख गर्नुभयो ।

उहाँले विगतमा ‘शहीद मार्ग’ निर्माण गर्दा जनताले आफ्नै पाखुरीको बलमा काम गरेको स्मरण गर्दै सोही संस्कारलाई पुनः ब्युँत्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै सोही शक्तिलाई राष्ट्र निर्माणका काममा परिचालन गर्न आग्रह गर्नुभयो । उहाँले विपद्को यस घडीमा केवल राहतको पर्खाइमा बस्नेभन्दा पनि सामुहिक जनश्रमदानमार्फत भत्किएका संरचनाहरूको पुनर्निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै संसद र सरकारको ध्यानाकर्षण गराउनु भयो । –

Leave a Reply