प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सभामुख अर्यालको सांसदहरूलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सभामुख अर्यालको सांसदहरूलाई निर्देशन

काठमाडौँ । 

सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसदनको कारबाहीलाई मर्याीदत बनाउन निर्देशन दिनुभएको हो । सांसदहरूलाई प्रतिनिधि सभा नियमावली, २०८३ को पूर्ण पालना गर्न निर्देशन दिनुभयो । सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानहरूको ख्याल राख्नुपर्नेमा जोड दिँदै सभालाई व्यवस्थित र मर्यादित बनाउनु सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको स्पष्ट पार्नुभयो । उहाँले हाल लागू रहेको प्रतिनिधि सभा नियमावली, २०८३ को कार्यान्वयन नै सभाको गरिमा बढाउने मुख्य आधार भएको बताउनु भयो । सभामुख अर्यालले विशेषगरी नियमावलीको नियम २० र २१ तर्फ सांसदहरूको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार