भोटेकोशी विपद्मा सरकारको भुमिकामाथि काँग्रेस सांसद भट्टको प्रश्नः ‘संकटमा दल होइन, सबै नेपाली देख्नुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

भोटेकोशी विपद्मा सरकारको भुमिकामाथि काँग्रेस सांसद भट्टको प्रश्नः ‘संकटमा दल होइन, सबै नेपाली देख्नुपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, राहत तथा उद्धारमा सरकारको भुमिकामाथि प्रश्न उठाउँदै विपद्का बेला राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा भट्टले भोटेकोशी बाढीका बेपत्ताको खोजीलाई तिब्र बनाउन र घाइतेको निःशुल्क उपचार गर्न उनले सरकारसँग माग गर्नुभएको हो । भट्टले विपद्को समयमा सरकार सबै राजनीतिक दल र नागरिकको साझा अभिभावक बन्नुपर्नेमा सरकार पक्ष–प्रतिपक्ष छुट्याउनेतर्फ केन्द्रित भएको आरोप लगाउनु भयो । २०७२ सालको भूकम्पको उदाहरण दिँदै उहाँले त्यतिबेला राजनीतिक दलभन्दा माथि उठेर सरकार, विदेशी कूटनीतिक नियोग तथा विशेषज्ञको सहयोग लिएर उद्धार तथा राहतका काम गरिएको स्मरण गर्नुभयो । उहाँले वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै विपद्का बेला राजनीतिक स्वार्थ र दलीय विभाजनभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । भोटेकोसीमा बेपत्ता भएका व्यक्ति आफ्नै परिवारका सदस्य भएको भए सरकारको प्रतिक्रिया कस्तो हुन्थ्यो भन्ने प्रश्न गर्दै उनले सरकारलाई पीडितको ठाउँमा आफूलाई राखेर सोच्न आग्रह गर्नुभयो ।
भट्टले सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। विपद्जस्तो संवेदनशील विषयमा मन्त्री तथा सत्तापक्षका नेताहरूले असंवेदनशील अभिव्यक्ति दिन नहुने भन्दै उहाँले आफूहरू पनि आमाबाबु, दिदीबहिनी र परिवार भएका नागरिक रहेको स्मरण गराउनु भयो ।–

Leave a Reply

ताजा समाचार