काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नबनाउँदा सर्वसाधारण नागिरकले हैरानी खेप्नुपरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आलोचना गर्नुभएको हो । उहाँले आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले बबिता पासवाङले ७ सय रुपैयाँको अभावमा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनालाई स्वास्थ्य सेवा प्रणालीको गम्भीर कमजोरी भएको बताउनु भयो । संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको उल्लेख गर्दै उहाँले कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गर्नुभयो । के रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो ? उहाँको प्रश्न छ । उहाँले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपाललाई निम्तो नदिनुको कारणबारे सरकारसँग जवाफ माग गर्नुभयो ।
उहाँले ग्रजोन प्रतित्रामा प्रकाशित सामग्रीको वास्तविकताबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।




