बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकतावद्ध हुन आह्वान गर्नुभएको छ ।
भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीले पु¥याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको हो । आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिनुभएको छ । बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजना जस्ता राष्ट्रका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उहाँले गम्भीर चिन्ता प्रकट गर्नुभयो ।
राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तिब्रता दिन निर्देशन दिनुभएको छ । नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्य सरह मान्ने उल्लेख गर्दै उहाँले प्रभावित देशका सरकार तथा कुटनीतिक नियोगहरूसँग प्रभावकारी समन्वय भइरहेको जानकारी दिनुभयो ।
जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमूनाका रूपमा चित्रण गर्नुभयो । भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद खोजी कार्यलाई निरन्तरता दिन र कुनैपनि अवस्थामा उद्धार कार्य परित्याग नगर्न उहाँले सम्बद्ध निकायको ध्यानाकर्षण गराउनु भयो ।
उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रयस्थलको सुनिश्चितता गर्न राष्ट्रपतिले जोड दिनुभयो । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाहरूको संरक्षणमा संवेदनशील हुन उहाँले आग्रह गर्नुभयो । मृतकहरूको पहिचानका लागि डीएनए नमुना संकलन र वैज्ञानिक अभिलेखीकरण गरी प्रक्रियालाई विश्वसनीय बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।
विपद्को समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली र उपकरणसहित सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपतिले कृतज्ञता ज्ञापन गर्नुभयो । यसै सन्दर्भमा उहाँले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’का लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गर्नुभयो ।
राष्ट्रपति पौडेलले वर्तमान समय राजनीतिक विवाद वा एकअर्कालाई दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यवद्धता प्रदर्शन गर्ने बेला भएको स्पष्ट पार्नुभयो ।

साथै, भविष्यमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपालको वर्तमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो ।

Leave a Reply

ताजा समाचार