चीनद्वारा सातवटा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

चीनद्वारा सातवटा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।  चीनले मंगलवार ‘लङ मार्च–६सी’ क्यारियर रकेटमार्फत सातवटा नयाँ उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको शाङ्सी प्रान्तमा अवस्थित ताइयुवान भूउपग्रह प्रक्षेपण केन्द्रबाट बेइजिङ समयअनुसार बिहान ११ः२१ बजे रकेट प्रक्षेपण गरिएको थियो । उक्त रकेटले सातवटै उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको प्रक्षेपण केन्द्रले जनाएको छ । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ६६५ औँ उडान मिसन हो । यस सफल प्रक्षेपणसँगै चीनको अन्तरिक्ष अभियानमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ ।

Leave a Reply