कुष्ठरोगप्रतिको सामाजिक मानसिकता बदल्न सचेतना आवश्यकः कार्यवाहक प्रमुख डंगोल | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

कुष्ठरोगप्रतिको सामाजिक मानसिकता बदल्न सचेतना आवश्यकः कार्यवाहक प्रमुख डंगोल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग लागेका व्यक्तिलाई भेदभाव गर्नु तथा अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय भएको बताउनुभएको छ ।आईतवार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ र पुनःस्थापना, सशक्तिकरण तथा विकास नेपालले राजधानीमा आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरुको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले  कुष्ठरोग व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्र भएको उल्लेख गर्दै प्रभावित व्यक्तिमाथि कुनैपनि प्रकारको विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले समाजमा कुष्ठरोगभन्दा पनि रोगप्रति मानिसले गर्ने व्यवहार समस्या बनेको बताउनु भयो ।

डंगोलले कुष्ठरोगसम्बन्धी सामाजिक सचेतना कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिका सरोकारवाला पक्षसँग सहकार्य गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले कुष्ठरोगप्रति डर फैलाउनुभन्दा यसको उपचार र समयमै पहिचानका विषयमा सरोकारवाला निकायहरुले चर्चा गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले समाजमा कुष्ठरोग प्रभावितलाई देख्नेबित्तिकै फरक दृष्टिले हेर्ने मानसिकता तोड्न सबै तहको सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो । कानूनमा रहेका विभेदकारी वा अनजानमै अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना गर्ने प्रावधान संशोधनका लागि सुझाव दिन समेत कुष्ठ प्रभावितलाई आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार