काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान १० बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ उपर सैद्धान्तिक र दफावार छलफल हुनेछ । कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।
पाँच संसदीय समितिको बैठक बस्दै
ताजा समाचार
पाँच संसदीय समितिको बैठक बस्दै
१ घन्टा अघि
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
१ घन्टा अघि




