काठमाडौं ।
काठमाडौंको कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालिएको छ।कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट क्षेत्रमा पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको थियो। आगो निभाउने क्रममा कारभित्र एक पुरुषको जलेको अवस्थामा शव फेला परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कार नबिल बैंकको नाममा दर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।घटनाबारे जानकारी दिँदै ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले शव परीक्षण तथा पहिचानको प्रक्रिया अघि बढाइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए।प्रहरीका अनुसार आगलागी कसरी भयो भन्ने विषयमा प्राविधिक टोलीमार्फत थप अनुसन्धान सुरु गरिएको छ। घटनास्थलमा स्थानीय बासिन्दा र प्रहरीको ठूलो भीड लागेको थियो।




