इजिप्टको वार्षिक माछा उत्पादन २० लाख टन नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

इजिप्टको वार्षिक माछा उत्पादन २० लाख टन नाघ्यो

इजिप्टले खाद्य सुरक्षा सुदृढ गर्ने प्रयास स्वरूप वार्षिक माछा उत्पादनमा उल्लेख्य वृद्धि गर्दै २० लाख टनको सीमा नाघेको छ । इजिप्टको मन्त्रिपरिषद् अन्तर्गतको सूचना तथा निर्णय समर्थन केन्द्रले जारी गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको हो । विज्ञप्तिकाअनुसार एक दशकअघि करिव १५ लाख टन रहेको उत्पादनमा अहिले ठूलो सुधार देखिएको छ । उत्पादनको यो वृद्धिको मुख्य श्रेय मत्स्यपालन क्षेत्रको विस्तारलाई दिइएको छ । मत्स्यपालनबाट हुने उत्पादन मात्रै दोब्बरले वृद्धि भई १६ लाख टनभन्दा बढी पुगेको छ । यो वृद्धिसँगै इजिप्ट विश्वका १० ठूला मत्स्य उत्पादक राष्ट्रहरूको सूचीमा पर्न सफल भएको छ । इजिप्ट अफ्रिका महादेशको सबैभन्दा ठूलो माछा उत्पादक राष्ट्र बन्नुका साथै टिलापिया माछा उत्पादनमा विश्वभरमै तेस्रो स्थानमा रहेको छ । टिलापियाको वार्षिक उत्पादन मात्रै १० लाख ५० हजार टनभन्दा बढी हुने गरेको विज्ञप्तिमा उल्लेख छ । मत्स्यपालनमा भएको यस विस्तारका लागि देशका नौवटा प्रमुख तालहरूको पुनरुत्थानलाई मुख्य कारण मानिएको छ । ती तालहरूमा ड्रेजिङ गर्ने, अतिक्रमण र झारपात हटाउने तथा पानीको बहाव प्रणालीमा सुधार ल्याउने जस्ता कार्यहरू मार्फत उत्पादकत्व वृद्धि गरिएको हो । इजिप्टले सन् २०३०–२०३५ सम्ममा वार्षिक माछा उत्पादनलाई ३० लाख टनसम्म पु¥याउने लक्ष्य राखेको छ । यस योजनाले देशको खाद्य सुरक्षालाई थप मजबुत बनाउनुका साथै निर्यात वृद्धि र दिगो आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

ताजा समाचार