होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई गाँस, बासको व्यवस्था गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख समक्ष नेकपा सांसद तामाङको माग | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई गाँस, बासको व्यवस्था गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख समक्ष नेकपा सांसद तामाङको माग

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले होल्डिङ सेन्टरमा रहेको सुकुम्बासी नागरिकहरुलाई तत्काल गाँस, बासको व्यवस्था गर्न सरकारलाई रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको छ ।
होल्डिङ सेन्टरमा गाँस, बास र कपासको समेत व्यवस्था नभएको पीडा सार्वजनिक भइरहेको बेला उहाँले बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा यस्तो माग गर्नुभएको हो । होल्डिङ सेन्टरमा रहेको सुकुम्बासीहरुलाई सरकारले उनीहरुले सम्मानपूर्वक जिउन पाउने गरी आधारभूत आवश्यक्तको तत्काल व्यवस्था गर्नुपर्ने सांसद तामाङले बताउनु भयो ।

उहाँले सुकुम्बासी बस्ती भत्काएर नागरिकलाई पीडा दिने सरकारको नियत देखेर आफूहरुलाई तनाव भएको पनि बताउनु भयो ।सांसद तामाङले प्रधानमन्त्री बालेन्द्र साहले आफनो राष्ट्रघाती अभिव्यक्ति सच्याउनका लागि संसदमा नआउने कुराले पनि विपक्ष दलहरुलाई तनाव दिएको जिकिर गर्नुभयो ।

Leave a Reply

ताजा समाचार