प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायम रहेको बताउनुभएको छ ।
महासंघले आईतवार ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जस्तोसुकै परिस्थितिमा पनि नेपालको प्रेस जगतले आफ्नो कर्तव्य पूरा गर्न विभिन्न मूल्य चुकाउनुपरेको बताउनु भयो । संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिइसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसकेको अवस्थामा पनि पत्रकारहरूले आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु दुःखद् भएको बताउनु भयो । राज्यको सूचना लुकाउने प्रवृत्ति र सही सूचनालाई गलत सावित गर्नको निमित्त विभिन्न प्रकारका प्रयत्नहरू गर्ने कोशिस अहिले पनि भइरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जस्तोसुकै परिस्थितिमा नेपालको प्रेस जगतले आफ्नो यो कर्तव्य पूरा गर्नको निमित्त विभिन्न प्रकारको मूल्यहरू चुकाइरहेको छ । राजनीतिक कारणले देशमा लोकतन्त्र नभएको कारणले उत्पन्न परिस्थिति यो बेग्लै थियो । तर संविधानले पूर्ण प्रेस स्वतन्त्रता लेखिसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसकेको अवस्थामा पनि पत्रकारहरूले एउटा आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु भनेको एउटा दुःखद् अवस्था हो । त्यो प्रवृत्ति राज्यको प्रवृत्ति सूचना लुकाउने अथवा सही सूचनालाई गलत सावित गर्नको निमित्त विभिन्न प्रकारका प्रयत्नहरू गर्ने कोशिस अहिले पनि कुनै न कुनै रूपमा भइरहेको अनुभूति पत्रकारहरूले पनि र पत्रकारका पाठक, श्रोता र दर्शकहरूले पनि गरिरहेको हुनुपर्छ भन्ने मलाई लाग्दछ । हामीले देखेका छौं, ठूलै भनिने ठूलो र शक्तिशाली भन्ने सञ्चार माध्यमले नै प्रमाणसहित एउटा मन्त्रीको बारेमा लेखेको समाचारलाई त्यस संस्थाका सञ्चालकले खण्डन गरेर माफी माग्नुपर्ने अवस्था यसअघि कहिल्यै नभएको अवस्था अहिले उत्पन्न भएको छ ।’
प्रमाणसहित मन्त्रीको बारेमा लेखेको समाचारलाई संस्थाका सञ्चालकले खण्डन गरेर माफी माग्नुपर्ने अवस्था यसअघि कहिल्यै नभएको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार