सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा

काठमाडौं ।

राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त माग गर्नुभएको हो । सांसद शेर्पाले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्ने हो भने आगामी २० वर्षमा सगरमाथाको अवस्था राम्रो नरहने चेतावनी समेत दिनु भयो । सगरमाथालाई हिराको रुपमा चित्रण गर्दै सांसद शेर्पाले सरकारले यसलाई कौडीको मूल्य बराबर पनि महत्व नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।सांसद शेर्पाले सरकारले हिमालको पर्यटनलाई महत्व नदिएको गुनासो पनि गर्नुभयो ।

Leave a Reply

ताजा समाचार