राष्ट्रपतिद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

राष्ट्रपतिद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त विधेयक प्रमाणीकरण भएको जानकारी सदनलाई गराउनुभएको हो । सभामुख अर्यालले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गर्नुभएको व्यहोरा जानकारी गराउनु भयो । राष्ट्रपतिका सचिव महादेव पन्थद्वारा पठाइएको पत्रमा २०८३ साल असार ११ गते विधेयक प्रमाणीकरण गरिएको र सोको सक्कल प्रति समेत प्राप्त भएको उल्लेख छ

Leave a Reply

ताजा समाचार