इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रश्ताव पारित गरेको छ । मंगलवार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो । इरान र अमेरिकाबीच द्वन्द्व शुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट यस्तो प्रश्ताव पारित भएको यो पहिलो पटक हो । यस कदमलाई ट्रम्प प्रशासनको युद्ध व्यवस्थापन पद्धतिप्रति बढ्दो राजनीतिक विरोधको सङ्केतका रूपमा हेरिएको छ । इरान सैन्य शक्ति नियन्त्रण सम्बन्धी उक्त प्रश्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । मतदानका क्रममा चार जना रिपब्लिकन सिनेटरहरूले विपक्षी डेमोक्र्याट सदस्यहरूलाई साथ दिएका थिए भने एक जना डेमोक्र्याट सदस्यले प्रश्तावको विपक्षमा मतदान गरेका थिए । कङ्ग्रेसको वेबसाइटमा प्रकाशित विधेयकको सारअनुसार यस प्रस्तावले युद्धको औपचारिक घोषणा वा सैन्य बल प्रयोगका लागि विशेष कानूनी अनुमति नभएसम्म राष्ट्रपतिलाई अमेरिकी सशस्त्र सेनालाई इरानविरुद्धका शत्रुतापूर्ण गतिविधिबाट फिर्ता बोलाउन निर्देशन दिन्छ । यसका साथै, उक्त प्रश्तावले युद्धको घोषणा गर्ने र सैन्य द्वन्द्व शुरु गर्ने कङ्ग्रेसको संवैधानिक अधिकारलाई समेत पुनः पुष्टि गरेको छ । प्रश्तावका समर्थकहरूले इरानविरुद्धको वर्तमान संघर्ष अनधिकृत र ‘इच्छाधीन युद्ध’ (वार अफ च्वाइस) भएको तर्क गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार