गाजा सम्बन्धी प्रश्ताव पारित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् असफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

गाजा सम्बन्धी प्रश्ताव पारित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् असफल

काठमाडौं, १ कात्तिक । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा मानवीय युद्धबिरामको लागि आह्वान गर्ने रुसी मस्यौदा सम्बन्धी प्रश्ताव पारित गर्न असफल भएको छ ।

मस्यौदा प्रश्तावको पक्षमा पाँच र विपक्षमा चार मत प्राप्त भएको छ भने ६ जना अनुपस्थित भएका छन् । प्रश्तावको पक्षमा भएको मतदानमा रुससँगै चार देश चीन, संयुक्त अरब इमिरेट्स, मोजाम्बिक र ग्याबोन थिए । अमेरिका, बेलायत, फ्रान्स र जापान गरी चार देशले यसको विपक्षमा मतदान गरे । अन्य ६ वटा देश भने अनुपस्थित रहे । स्वीकृत हुनका लागि सुरक्षा परिषद्को प्रश्तावको पक्षमा कम्तिमा ९ मत चाहिन्छ । संयुक्त राष्ट्रसंघका लागि रुसका स्थायी प्रतिनिधि भ्यासिली नेबेन्जियाले मतदानको नतिजाबाट आफ्नो प्रतिनिधि मण्डल निराश भएको बताउनु भयो ।

सुरक्षा परिषद्ले सोही मुद्दामा ब्राजिलबाट अर्को मस्यौदा प्रश्ताव राअ‍ेको छ । तर मतदानको लागि समय तोकिएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);