जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

काठमाडौं ।

फ्रान्सको एभियान शहरमा बुधवारसम्म आयोजना हुन गइरहेको ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा आईतवार दिउँसो जेनेभामा एउटा विशाल प्रदर्शन गरिएको छ । फासीवाद र साम्राज्यवादको प्रतिरोध गर्ने उद्देश्यका साथ विभिन्न समूह र संगठनहरूको आवद्धता रहेको नो जी–७ गठबन्धनद्वारा यो प्रदर्शन आयोजना गरिएको हो ।
स्विस प्रहरीले यसअघि प्रदर्शनमा करिव ५० हजार मानिस सहभागी हुने अनुमान गरेको थियो । प्रदर्शनकारीहरू जेनेभा ताल किनारको एउटा पार्कमा भेला भई शहरको तोकिएको मार्ग हुँदै बिस्तारै अघि बढेका थिए । तालमा एउटा सेतो डुङ्गा तैरिरहेको देखिन्थ्यो, जसको पालमा नो जी–७ लेखिएको थियो । प्रदर्शनकारीहरूले जी–७ कुनै भविष्य छैन र जी–७ लाई अस्वीकार गरौँ जस्ता नारा लेखिएका विभिन्न प्लेकार्डहरू बोकेका थिए ।
शुरुमा प्रदर्शन ठूलो मात्रामा शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढेको भएपनि पछि केही विस्फोटका आवाज सुनिए र कालो धुवाँ उडिरहेको देखियो । यस क्रममा एउटा टेस्ला कारमा आगो लगाइएको समेत देखिएको थियो । जेनेभा क्यान्टनल प्रहरीले प्रदर्शन क्षेत्र नजिकैबाट चक्कु, बञ्चरो, ग्याँसका बट्टा (क्यानिस्टर) र पटाका लगायतका खतरनाक वस्तुहरू तथा छद्मभेषी (अबmयगाबिनभ) सामग्रीहरू जफत गरिएको घोषणा गरेको छ ।
अधिकारीहरूकाअनुसार यस प्रदर्शनले जेनेभाको सार्वजनिक यातायात सेवामा अवरोध पु¥याएको छ, जसका कारण दिउँसोदेखि कतिपय ट्रलीबस सेवाहरू निलम्बित गरिएका छन् भने ट्राम नेटवर्क र केही बस मार्गहरूमा व्यापक परिमार्जन गरिएको छ ।
फ्रान्सले हालको अस्थिर अन्तर्राष्ट्रिय वातावरणका विषयमा छलफल गर्न यो बैठक आह्वान गरेको बताएको छ । यस जी–७ शिखर सम्मेलनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिका र युरोपेली संघका नेताहरू सहभागी हुँदैछन् ।
यसअघि सन् २००३ मा जेनेभाबाट ५० किलोमिटरभन्दा कम दुरीमा रहेको फ्रान्सेली सहर एभियानमा पहिलो पटक जी–७ शिखर सम्मेलन आयोजना हुँदा जेनेभामा ठूला दङ्गाहरू भड्किएका थिए । यस वर्षको शिखर सम्मेलन अगाडि स्विस अधिकारीहरूले करिव ४ हजार सैन्य बल परिचालन गर्नुका साथै फ्रान्ससँगका आफ्ना ३५ वटा सीमा नाकाहरूमध्ये अधिकांश बन्द गर्ने घोषणा गरेका छन् ।

Leave a Reply

ताजा समाचार