प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल जारी रहने | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौं ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक मङ्गलवार पनि बस्दैछ ।  बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथिको छलफललाई निरन्तरता दिने सम्भावित कार्यसूची तय गरिएको छ । मङ्गलवारको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेट शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने संसद सचिवालयले जनाएको छ । छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका शीर्षकहरू तय गरिएका छन् । यसैगरी रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेट शीर्षकमाथि पनि छलफल हुनेछ । बैठकमा सदस्यहरूले सम्बन्धित मन्त्रालयको खर्च कटौतीका प्रश्तावहरू समेत प्रश्तुत गर्ने कार्यसूची छ । गुरुप्रसाद बरालले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, रमेशकुमार मल्लले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र माननीय बलावती शर्माले पूर्वाधार विकास मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । त्यस्तै, मोहम्मद इश्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको खर्च रकम घटाउन प्रश्ताव पेश गर्नुहुनेछ भने विष्णुमाया वि.क.ले गृह मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न प्रश्ताव गर्नुहुनेछ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको खर्च कटौतीका सम्बन्धमा यज्ञबहादुर बोगटीले खर्च रकमलाई एक रुपैयाँ कायम गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने पार्वती वि.क.ले उक्त मन्त्रालयको खर्च शीर्षकमा एक सय रुपैयाँ घटाइयोस् भन्ने प्रश्ताव बैठकमा पेश गर्नुहुने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार