बजेटबारे ज्ञानबहादुर शाहीको टिप्पणीः अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

बजेटबारे ज्ञानबहादुर शाहीको टिप्पणीः अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गरिव नागरिकलाई सेवा दिनेभन्दा पनि ठूलो व्यापारीहरुलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनुभएको छ ।बिहीवार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिय वाग्लेले संसदमा पेश गर्नुभएको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त प्रतिक्रिया दिनु भएको हो । नेता शाहीले नेपालको पूँजी समेत बाहिर लैजाने गरी बजेट ल्याएको भन्दै यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै अर्थमन्त्री वाग्लेसँग असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले सरकारले विरामीको उपचार खर्चमा समेत कर लगाउने नीति राखेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको नेता शाहीको भनाई थियो । नेता शाहीले सरकारले ल्याएको बजेटले नेपालको औषधी व्यवसाय संकटमा पर्ने पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार