युक्रेन र रुसबीचको प्रत्यक्ष वार्ताको प्रश्तावलाई अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

युक्रेन र रुसबीचको प्रत्यक्ष वार्ताको प्रश्तावलाई अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुनसक्ने प्रत्यक्ष वार्ताको सम्भावनालाई स्वागत गर्नुभएको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वर्षौंदेखि जारी द्वन्द्व अन्त्यका लागि दुवै देशलाई आवश्यक सम्झौता गर्न आग्रह समेत गर्नुभयो । राष्ट्रपति जेलेन्स्कीले पुटिनसमक्ष प्रत्यक्ष वार्ताका लागि राखेको प्रश्तावको सन्दर्भमा ट्रम्पले भन्नुभयो, ‘उनीहरूबीच भेटवार्ताको सम्भावना हुनु सुखद पक्ष हो। यसमा हाम्रो पनि उल्लेख्य भूमिका रहेको मलाई लाग्छ। उनीहरूले वार्तामार्फत निकास निकाल्नुपर्छ र यसका लागि दुवै पक्ष सम्झौता गर्न तयार हुनुपर्छ ।’
राष्ट्रपति ट्रम्पले वार्ताका लागि आफूले केही सम्झौताहरू सुझाएको बताए पनि ती सर्तहरूका बारेमा विस्तृत जानकारी दिन भने अस्वीकार गर्नुभयो । यसअघि बिहीवार नै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि पुटिनलाई प्रत्यक्ष वार्तामा सहभागी हुन आह्वान गर्नुभएको थियो । जारी युद्धले रुसको स्रोत र साधनका साथै उसको अन्तर्राष्ट्रिय छविलाई समेत नकारात्मक असर गरिरहेको तर्क जेलेन्स्कीले अघि सार्नुभएको थियो । युक्रेनी राष्ट्रपतिको आधिकारिक वेबसाइटमा प्रकाशित पत्रमा उनले प्रत्यक्ष संवादमार्फत युद्धको टुंगो लगाउन प्रश्ताव गरेका थिए ।
जेलेन्स्कीको प्रश्तावप्रति प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी राष्ट्रपतिले चाहेको खण्डमा जुनसुकै बेला मस्को भ्रमण गर्न सक्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार