लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल

पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपान भन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्वपूर्ण हुने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र र गणतन्त्रले सबैका लागि सम्भावनाका ढोकाहरू खोलेको उल्लेख गर्नुभयो । उहाँले केही समय अघिसम्म निजामती सेवाको छैटौँ तहमा रहेका कर्मचारीहरू अहिले सांसद मात्र नभई मन्त्रीसमेत बनेको उदाहरण दिँदै यो व्यवस्थामा सबैलाई समान अवसर रहेको स्पष्ट पार्नुभयो । उहाँले कसैलाई पनि बिनाआधार मानमर्दन गर्न नहुने र सबैलाई ‘बेनिफिट अफ डाउट’ (सन्देहको लाभ) दिनुपर्ने धारणा राख्नुभयो । गृह प्रशासनको कार्यशैलीका विषयमा चर्चा गर्दै उहाँले प्रशासनले प्रमाणका आधारमा मात्र आलोचना गर्ने वा कारबाही अगाडि बढाउने गरेको दाबी गर्नुभयो । प्रतिकुल प्रमाण नभेटिएसम्म कसैलाई पनि दोषी करार गर्न नहुने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘हामीले यो लोकतन्त्रमा कसैलाई पनि धेरै हाइरार्कीमा बस्नुपर्ने अवस्था छैन । मैले त त्यही अभ्यास गरेँ । हामीले हाम्रोमा हाइरार्कीभन्दा पनि कार्यक्षमता र सिर्जनशीलताको वातावरण बनायौँ, र त्यसले गर्दा परिणाम आएको हो। अहिले पनि यहाँहरूले देख्नुभएको छ, म आफैँ यसको प्रत्यक्ष द्रष्टा छु कि कतिपय साथीहरू डेढ–दुई महिना अगाडिसम्म छैटौँ तहका कर्मचारी हुनुहुन्थ्यो, अहिले सांसद मात्र होइन, मन्त्री पनि हुनुभएको छ । त्यसैले यहाँहरू सबैलाई त्यो अवसर छ अब । त्यसकारण अब यो मुलुक, यो गणतन्त्र र यो लोकतन्त्रमा सबैका लागि सम्भावनाका ढोका खुलेका छन्। कसैले कसैको मानमर्दन गर्नु हुँदैन । सबैलाई ‘बेनिफिट अफ डाउट’ दिनुपर्छ । कहीँ गल्ती, कमी–कमजोरी गरेको छ भने प्रमाणका आधारमा कारबाही हुनुप¥यो । तर यत्तिकै दोषारोपण गरेर, अरूको मानमर्दन गर्दै अगाडि बढ्दा मुलुक बन्दैन । गृह प्रशासनले पनि त्यस्तो गरेन । प्रमाण देख्यो भने आलोचना ग¥यो होला, प्रमाण देखेन वा प्रतिकूल प्रमाण देखेन भने ‘बेनिफिट अफ डाउट’ दिएर काम गरेको हो । अहिले मानमर्दन गर्ने र दोषारोपण गर्ने क्रम अझै पनि जारी छ। यी कुराहरू रोकिनुपर्छ। हाम्रो लोकतन्त्र सुदृढ हुँदै जाँदा यी कुरा पनि रोकिनेछन् । अहिलेको सरकारले पनि यस विषयमा विशेष रूपमा ध्यान दिनेछ भन्ने मलाई लाग्छ ।’
समाजमा अझै पनि मानमर्दन र दोषारोपण गर्ने क्रम जारी रहेकोमा चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री अर्यालले लोकतन्त्र सुदृढ हुँदै जाँदा यस्ता प्रवृत्तिहरू स्वतः रोकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले पनि यस विषयमा विशेष ध्यान दिने र आगामी दिनमा राजनीतिक तथा प्रशासनिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार